Breaking

Saturday, September 9, 2017

राशिफल मिति 2074-05-26 गते सोमवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

मेष– धार्मिक कार्यमा संलग्न भइएला । अनुसन्धानात्मक काममा मन जानेछ सफलता पनि मिल्नेछ ।

वृष– पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । अध्ययन अध्यापनको पक्षमा पनि राम्रा पैगति हुने देखिन्छ ।
मिथुन– व्यापार–व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको योग छ ।
कर्कट– खर्चिलो यात्रा गर्नुपर्ने देखिन्छ । साथीभाइको सहयोग सामान्य रहनेछ ।
सिंह– कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ, आँटेको काम पूर्ण हुनेछ । ।
कन्या– प्रेमसम्बन्धमा विश्वासको मात्रा बडेनेछ । दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ ।
तुला– शारीरिक दुर्बलता बढ्नेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ ।
वृश्चिक– स्वास्थ्यमा बाधा उत्पन्न होला, नयाँ कार्यको थालनी गर्ने अवसर मिल्न सक्नेछ । ।
धनु– पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ ।
मकर– दाम्पत्य जीवन सुखमय रहनेछ, घरघडेरीको व्यापार–व्यवसायमा लाभ मिल्ला ।
कुम्भ– स्वास्थ्यमा सामान्य सुधार आउनेछ । लेखनकार्यमा मन लाग्नेछ ।
मीन– आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

26 गतेको बिशेष काम गर्ने राम्रो बिहान 05:49 देखि 06:49 सम्म यो समय चन्द्र होरा र अमृत बेला हो ।

र साथै अर्को राम्रो समय दिउसो 12:49 देखि 01:49 सम्म छ यो समय चन्द्र होराको हो ।

26 गते राहु काल बिहान 07:22 देखि 08:54 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।

26 गते यात्रामा निस्कदा खिर, दुध यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरुको दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

26 गते यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ । ।

26 गते पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि आज रामो ।

पञ्चाङ्ग
वि.सं. २०७४ साल भदौ २६ गते। सोमबार। इश्वी सन् २०१७ सेप्टेम्बर ११ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, ६:१३ बजेदेखि षष्ठी २८:०३ बजेउप्रान्त सप्तमी। नक्षत्र– भरणी, ११:१० बजेउप्रान्त कृत्तिका। योग– व्याघात, १५:२८ बजेउप्रान्त हर्षण। करण– तैतिल, ६:१३ बजेदेखि गर, १७:१० बजेपछि वणिज २८:०३ बजेउप्रान्त भद्रा। आनन्दादिमा चर योग। चन्द्रराशि– मेष, १६:४९ बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान ३१ घडी ०० पला। षष्ठी श्राद्ध।

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-

Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyDu-ZwCrQncM1mnX7aEqy4ipDZfhL2oTpqKXGJwliP3QDJadcHg4c84lVTqsS-wPhFjR3PHBx9rXaQSd6EpsnbhVTK4UYSGYTZvRepep8iTiIjRMc7L45l97Rr3-gT-gOaDX23MyQCvvw/s1600/jotish.png"