मेष– सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला ।
वृष– विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।
मिथुन– स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
कर्कट– सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
सिंह– दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ ।
कन्या– मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।
तुला– बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।
वृश्चिक–खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।
धनु– धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ ।
मकर– पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ ।
कुम्भ– पढाइ लेखाइमा रुची बढ्नेछ,आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।
मीन– पारिवारिक समस्या ले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।
27 गतेको बिशेष काम गर्ने राम्रो समय बिहान 09:49 देखि 10:49 सम्म छ, यो समय गुरु होरा, लाभ बेला, अमृत बेला र अभिजित मुहूर्तको पनि पर्छ ।
27 गते राहु काल दिउँसो 03:03 देखि 04:35 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
27 गते यात्रामा निस्कदा काजी, गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरुको जस्तै बिरालोले बाटो काट्नु, चराले विस्ट्याउनु आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।
27 गते यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।
27 गते प्रतियोगिता, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम, लामो समय सम्म रहिरहने स्थिर कर्म जस्तो, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम आजलाई राम्रो छ ।
पञ्चाङ्ग
वि.सं. २०७४ साल भदौ २७ गते। मंगलबार। इश्वी सन् २०१७ सेप्टेम्बर १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– सप्तमी, २५:४३ बजेउप्रान्त अष्टमी। नक्षत्र– कृत्तिका, ९:४३ बजेउप्रान्त रोहिणी। योग– हर्षण, १२:३२ बजेउप्रान्त वज्र। करण– भद्रा, १४:५४ बजेदेखि वव, २५:४३ बजेउप्रान्त वालव। आनन्दादिमा गद योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:१० बजे र दिनमान ३० घडी ५६ पला। सप्तमी श्राद्ध। ९:५३ बजेसम्म त्रिपुष्कर योग।
हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
Monday, September 11, 2017
राशिफल मिति 2074-05-27 गते मंगलवार
फेसबुक पेज
ब्लग
Tags
# Horoscope
About Bednath
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र बालुवाटार, काठमाडाैं फोन : 9841405073
Horoscope
Labels:
Horoscope
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment