Breaking

Thursday, September 21, 2017

Rashifal राशिफल मिति 2074-06-06 गते शुक्रवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

मेष– काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला ।
वृष– परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् ।
मिथुन– धन मान पाउने योग छ । नोकरि तथा राजनितीमा आफनु बर्चस्व बढाउन सकिन ेछ ।
कर्कट– सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ ।
सिंह– बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ ।
कन्या– घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ ।
तुला– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला ।
वृश्चिक– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।
धनु– हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
मकर– समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ ।
कुम्भ– छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन ।
मीन– धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ।

06 गतेको बिशेष काम गर्ने राम्रो समय बिहान 07:54 देखि 08:54 सम्म छ, यो समय चन्द्र होरा लाभ बेला र अमृत बेलाको हो ।

06 गते राहु काल बिहान 10:25 देखि 11:55 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।


06 गते यात्रामा निस्कदा काचो दुध, जौ यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, चराले विस्ट्याउनु आदी आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

06 गते यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।

06 गते गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, गीत संगित, खेल, कपडा, साथीको काम, गहना बनाउने जस्ता काम आज फाब्छन .

पञ्चाङ्ग
वि.सं. २०७४ साल असोज ६ गते। शुक्रबार। इश्वी सन् २०१७ सेप्टेम्बर २२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– द्वितीया, १०:१० बजेउप्रान्त तृतीया। नक्षत्र– चित्रा, २५:१८ बजेउप्रान्त स्वाती। योग– ब्रह्म, १०:१४ बजेउप्रान्त ऐन्द्र। करण– कौलव, १०:१० बजेदेखि तैतिल, २२:२५ बजेउप्रान्त गर। आनन्दादिमा मुसल योग। चन्द्रराशि– कन्या, १२:४२ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान ३० घडी १६ पला। शारदीय नवरात्र।

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-

Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"