Breaking

Wednesday, September 27, 2017

Rashifal राशिफल मिति 2074-06-12 गते बिहिवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

दशैंको आठौँ दिन महागौरीको पूजा गर्ने दिन माताको दर्शन गरौँ
९ वर्षकी कन्यालाई खुशी बनाए महागौरी माता खुशी हुनुहुनेछ /
बडा दशैं २०७૪ शालको हार्दीक मंगलमय शुभकामना ।
मेष– काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ।
वृष– सरकारी कडिकडाउको सिकार भइनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ।
मिथुन– सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला।
कर्कट– आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्।
सिंह– समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।
कन्या– आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ।
तुला– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला।
वृश्चिक– नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।
धनु– बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ।
मकर– केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
कुम्भ– लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
मीन– आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ।

12 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 10:57 देखि 11:57 सम्म छ, यो समय चन्द्र होराको हो, चन्द्र होरा प्राय सबै शुभ कामका लागि राम्रो मानिन्छ र सुरुको केहि समय अभिजित मुहूर्तको पनि पर्छ ।

12 गते राहु काल दिउँसो 01:22 देखि 02:51 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।

12 गते यात्रामा निस्कदा दहि खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरुको दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

12 गते यात्रामा निस्कदा केहि पूर्व दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।

12 गते बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, गृह आरम्भ, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, धारिलो हतियारकको प्रयोग हुने काम र पशु शिक्षा लिने काम आज राम्रो हुन्छ । ।

पञ्चाङ्ग
वि.सं. २०७४ साल असोज १२ गते। बिहीबार। इश्वी सन् २०१७ सेप्टेम्बर २८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टमी, १९:२७ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, १२:१८ बजेउप्रान्त पूर्वाषाढा। योग– सौभाग्य, ११:१० बजेउप्रान्त शोभन। करण– भद्रा, ६:२५ बजेदेखि वव, १९:२७ बजेउप्रान्त वालव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २९ घडी ५१ पला। शारदीय नवरात्र। महाष्टमी व्रत, कालरात्री। अष्टमी व्रत, गोरखकाली पूजा। कुलछिभ्वय।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
बालुवाटार, काठमाडाैं

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

1 comment:

  1. Lucky Club | Casino Site | Live Music, Live Music
    Lucky Club is a Live Music video venue offering luckyclub.live live video in a range of In recent years, they have expanded their reach by expanding their offering through

    ReplyDelete

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"