Breaking

Sunday, September 24, 2017

राशिफल मिति 2074-06-10 गते मंगलवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

मेष– बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। 
वृष– अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला।
मिथुन– योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला।
कर्कट– विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।
सिंह– काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला।
कन्या– स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ ।
तुला– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ।
वृश्चिक– मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।
धनु– मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मकर– मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कुम्भ– अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वास गर्दा धोका पाइएला।
मीन– हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ।

10 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 09:56 देखि 10:56 सम्म छ, यो समय गुरु होरा, लाभ बेला, अमृत बेला र अभिजित मुहूर्तको पनि पर्छ ।

10 गते राहु काल दिउँसो 02:53 देखि 04:22 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।

10 गते यात्रामा निस्कदा काजी, गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरुको जस्तै बिरालोले बाटो काट्नु, चराले विस्ट्याउनु आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

10 गते यात्रामा निस्कदा केहि उत्तर वा पश्चिम दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।

10 गते प्रतियोगिता, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको कामधारिलो हतियारकको प्रयोग हुने काम र पशु शिक्षा लिने काम आज राम्रो हुन्छ ।

पञ्चाङ्ग

वि.सं. २०७४ साल असोज १० गते। मंगलबार। इश्वी सन् २०१७ सेप्टेम्बर २६ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– षष्ठी, १५:१८ बजेउप्रान्त सप्तमी। नक्षत्र– अनुराधा, ७:०८ बजेउप्रान्त ज्येष्ठा। योग– प्रीति, ९:५९ बजेउप्रान्त आयुष्मान्। करण– तैतिल, १५:१८ बजेदेखि गर, २८:१९ बजेउप्रान्त वणिज। आनन्दादिमा वज्र योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५४ बजे र दिनमान २९ घडी ५९ पला। शारदीय नवरात्र। विल्वपत्र निमन्त्रणा

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/


कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyDu-ZwCrQncM1mnX7aEqy4ipDZfhL2oTpqKXGJwliP3QDJadcHg4c84lVTqsS-wPhFjR3PHBx9rXaQSd6EpsnbhVTK4UYSGYTZvRepep8iTiIjRMc7L45l97Rr3-gT-gOaDX23MyQCvvw/s1600/jotish.png"