Breaking

Wednesday, September 27, 2017

Rashifal राशिफल मिति 2074-06-13 गते शुक्रवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

दशैंको नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने दिन माताको दर्शन गरौँ
१० वर्षकी कन्यालाई खुशी बनाए सिद्धिदात्री माता खुशी हुनुहुनेछ /
बडा दशैं २०७૪ शालको हार्दीक मंगलमय शुभकामना ।

मेष– आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।
वृष– नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।
मिथुन– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ।
कर्कट– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
सिंह– लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ।
कन्या– तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
तुला– प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
वृश्चिक– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
धनु– यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।
मकर– आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ।
कुम्भ– आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ।
मीन– पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ।

13 गतेको बिशेष काम गर्ने राम्रो समय बिहान 07:57 देखि 08:57 सम्म छ, यो समय चन्द्र होरा लाभ बेला र अमृत बेलाको हो ।

13 गते राहु काल बिहान 10:24 देखि 11:53 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।

13 गते यात्रामा निस्कदा काचो दुध, जौ यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, चराले विस्ट्याउनु आदी आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

13 गते यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा गर्र्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।

13 गते गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, आगोको काम, बिगार्ने भत्काउने काम, बिषदी र हतियार प्रयोगको काम आज गरे राम्रो ।

पञ्चाङ्ग

वि.सं. २०७४ साल असोज १३ गते। शुक्रबार। इश्वी सन् २०१७ सेप्टेम्बर २९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– नवमी, २१:२२ बजेउप्रान्त दशमी। नक्षत्र– पूर्वाषाढा, १४:४९ बजेउप्रान्त उत्तराषाढा। योग– शोभन, ११:४१ बजेउप्रान्त अतिगण्ड। करण– वालव, ८:२६ बजेदेखि कौलव, २१:२२ बजेउप्रान्त तैतिल। आनन्दादिमा प्रवर्द्ध योग। चन्द्रराशि– धनु, २१:२५ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २९ घडी ४७ पला। महानवमी। मन्वादि। स्याक्वत्याक्व। शारदीय नवरात्र समाप्ति।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र
बालुवाटार, काठमाडाैं
हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"