Breaking

Thursday, October 11, 2018

राशिफल मिति 2075-06-27 गते

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २७ गते। शनिबार। इश्वी सन् २०१८ अक्टोबर १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्थी, ७:०२ बजेउप्रान्त पञ्चमी। नक्षत्र– अनुराधा, १४:०१ बजेउप्रान्त ज्येष्ठा। योग– आयुष्मान्, १०:४० बजेउप्रान्त सौभाग्य। करण– भद्रा, ७:०२ बजेदेखि वव, १९:१९ बजेउप्रान्त वालव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३५ बजे र दिनमान २८ घडी ५१ पला। शारदीय नवरात्र। उपाङ्गललिता व्रत।

मेष– सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।
वृष– गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । ब्यापारमा सफलता पाइएला ।
मिथुन– दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।
कर्कट– सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।
सिंह– नयाँ काममा हात हाल्ने समय छ, यात्राको अवसर पनि मिल्न सक्छ, धनको लाभ पनि होला ।
कन्या– सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । शुभ कुराको सङ्केत मिल्नेछ ।
तुला– रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ ।
वृश्चिक– कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा भने समस्या आउन सक्छ ।
धनु– पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ ।
मकर– सभासम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । वादविवाद होला होसियार रहनु होला ।
कुम्भ– नयाँ काममा हात हाल्ने समय छ साथै धार्मिक र सामाजिक काममा समय बित्नेछ ।
मीन– नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला ।

27 गते बिशेष काम गर्ने राम्रो समय दिउसो 12:05 देखि 1:05 सम्म छ, यो समय गुरु होराको हो । अनि केहि समय शुभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

27 गते राहु काल बिहान 08:57 देखि बिहान 10:33 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

27 गते तिलभात मास चौलानी पानि वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

27गते कुनै बिशेष यात्रामा निस्कदा केहि उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

27 गते साहित जुरेका कामहरु बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन /

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-

YouTubमा Tulasi Guru 9841405073

सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान

रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान

ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि

सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल

हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल

रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स

रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे

उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा,
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"