Breaking

Thursday, October 11, 2018

राशिफल मिति 2075-06-26 गते शुक्रवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

पञ्चाङ्ग
वि.सं. २०७५ साल असोज २६ गते। शुक्रबार। इश्वी सन् २०१८ अक्टोबर १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– तृतीया, ६:५१ बजेउप्रान्त चतुर्थी। नक्षत्र– विशाखा, १३:०५ बजेउप्रान्त अनुराधा। योग– प्रीति, ११:३४ बजेउप्रान्त आयुष्मान्। करण– गर, ६:५१ बजेदेखि वणिज, १८:५२ बजेउप्रान्त भद्रा। आनन्दादिमा मातंग योग। चन्द्रराशि– तुला, ६:५५ बजेउप्रान्त वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:०२ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी ५५ पला। शारदीय नवरात्र। सर्वार्थसिद्धि योग १३:०५ देखि १८:५२ बजेसम्म।

मेष– केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ ।
वृष– उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ, नचिताएको काममा पैसा भने खर्च हुने योग छ सावधान रहनुहोला ।
मिथुन– आज पढाइलेखाइमा राम्रो हुनेछ, सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ साथै टाढाको यात्रा समेत हुन सक्छ । 
कर्कट– रोकिएका अधुरा कामहरु पुरा हुने छन भने समस्याको हल हुने छ, गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ ।
सिंह– खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरैनै खर्च हुनेछ । 
कन्या– मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ। साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । 
तुला– आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला । 
वृश्चिक– धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कहीं कसैसंग झै झगडा हुन सक्छन ।
धनु– प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । 
मकर– नसोचेका समस्या देखिन सक्छन्् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ । 
कुम्भ– विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 
मीन– स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ ।

26 गते बिशेष काम गर्ने राम्रो समय बिहान 08:04 देखि 09:04 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला र अमृत बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला र अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

26गते राहु काल बिहान 10:23 देखि मध्यान्न 11:49 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

26 गते काचो दुध, सेता बस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

26 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पश्चिम वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

26 गते लागि सहित जुरेका कामहरु, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, गीत संगित, जस्ता काम आज फाब्छन /

YouTubमा Tulasi Guru 9841405073

सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान

रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान

ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि

सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल

हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल

रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स

रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे

उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा, साप्ताहिक राशिफल

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"