Breaking

Wednesday, May 31, 2017

मानब जीवनमा गर्ने नहुने यस्ता ६ काम जुन काम भुलेर पनि गरे कंगाल बनिन्छ !

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

पुर्बिय दर्शन शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।

१. जमिनमा राख्नै नहुने कुरा

शास्त्रमा बत्ति, शिवलिङ्ग, शालिग्राम, मणि, देवी-देवताका मुर्ति, जनै, सुन र शंख कहिले पनि भुइँमा राख्न नहुने उल्लेख छ । यिनलाई भुइँमा राख्नै परेपनि कपडा बिच्छ्यार राख्नु पर्छ ।

 २. यी तिथिमा भुलेर पनि नगर्नु मालिस र यौन कार्य

हिन्दु पाञ्चाङ्ग अनुसार कुनै पनि महिनाको औंशी, पूर्णिमा, चतुर्दशी र अष्टमी तिथिमा तेल मालिश र मांसाहार गर्नु हुँदैन । यी तिथिमा यौन कार्य गर्नु पनि अशुभ मानिन्छ । अझ परपुरुष वा परस्त्रीसँग त भुलेर पनि संगत गर्नु हुँदैन ।

३. पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित

शास्त्रमा दिउसोमा पनि पुजाको समयमा वा विहान साँझ यौन सम्बन्ध वर्जित छ । यी समयमा यौन क्रिडामा लिप्त हुँदा अनेक प्रकारका रोग लाग्ने र अशुभ हुने उल्लेख छ ।

४. सूर्य र चन्द्रमा अस्ताउँदा हेर्नु हुँदैन

सूर्य र चन्द्रमा अस्ताको समयमा हेर्न त्यस दिशामा हेर्न नहुने शास्त्रमा उल्लेख छ । यस्तो समय अशुभ मानिन्छ । यस्तो दृष्य हेर्दा आँखामा समेत समस्या आउन सक्छ ।

५. घरमा प्रवेश गर्दा सँधै ख्याल गर्नुस्

जव बाहिरबाट घर आइन्छ त्यतिबेला सिधै भित्र प्रवेश गर्नु अशुभ मानिन्छ । जहिले पनि बाहिर बाट आइसकेपछि बाहिर खुट्टा सफा गरेर मात्र घर भित्र प्रवेश गर्नु पर्छ । नगर्नुस् यी काम, कंगाल भइन्छ

६. यिनीहरुलाई कहिल्यै तल नपार्नुस्

आफ्ना बाबु, आमा, पुत्र, पुत्री, पत्नि, पति, गुरु, अनाथ स्त्री, बहिनी, भाई, देवी-देवता र ज्ञानी ब्यक्तिलाई अनादर गर्नु अशुभ मानिन्छ । यी ब्यक्तिको अनादर गर्दा अशुभ हुने र धननाश एवं दरिद्र्ता बढ्ने उल्लेख छ ।

शास्त्रमा जीवनमा आत्मअनुशासन सबैभन्दा महत्वपूर्ण रहेको भन्दै केही नियमको उल्लेख गरिएको छ । जसको पालना गर्नु अनिवार्य मानिन्छ । ब्रह्मवैवर्त पुराणमा यस्ता कुराको उल्लेख गरिएको छ जुन गर्नु हुँदैन । यस्ता काम गर्दा करोडपति पनि कङ्गाल हुने शास्त्रमा उल्लेख छ ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyDu-ZwCrQncM1mnX7aEqy4ipDZfhL2oTpqKXGJwliP3QDJadcHg4c84lVTqsS-wPhFjR3PHBx9rXaQSd6EpsnbhVTK4UYSGYTZvRepep8iTiIjRMc7L45l97Rr3-gT-gOaDX23MyQCvvw/s1600/jotish.png"