Breaking

Wednesday, May 31, 2017

वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

हामीले हाम्रो दैनिक जीवनमा जानेर होस् या नजानेर विभिन्न खालका गल्तिहरु गरि रहेका हुन्छौ
जसको परिणाम कुनै न कुनै तरिकाले भोगी रहेका हुन्छौ ! जुन कुनै न कुनै कुरामा असफलता हामीले भोगी रहेका हुन्छौ त्यसको दोष हामीलाई बस्तु शास्त्रको ज्ञानको अभाब नै हो भन्ने कुरा हामीलाई बस्तु शात्रको अध्यनबाट थाहा हुन्छ ! जान्नु होस् बस्तु शात्र अनुसार ६ महत्वोपूर्ण जानकारीहरु !

 १. पढ्दा के गर्ने ? 
पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ
– यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ ।
– घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ ।
– परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने । 

२. घरमा के गर्ने के नगर्ने ? 
घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ ।
– पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला ।
– पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला । वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ ।
– दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ ।
 – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला ।
– घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ ।
– हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।
– घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ ।
– क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् ।
– ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् । 

३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः
उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ । 

४. विवाह हुन नसकेको छोरी घरमा भएः 
अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ ।
– यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ । 

५. आयमा बढोत्तरीका निम्तिः 
घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ ।
– घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyDu-ZwCrQncM1mnX7aEqy4ipDZfhL2oTpqKXGJwliP3QDJadcHg4c84lVTqsS-wPhFjR3PHBx9rXaQSd6EpsnbhVTK4UYSGYTZvRepep8iTiIjRMc7L45l97Rr3-gT-gOaDX23MyQCvvw/s1600/jotish.png"