Breaking

Monday, October 1, 2018

आजको राशिफल मिति 2075-06-16 गते मंगलवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

राशिफल मिति 2075-06-16 गते मंगलवार

पञ्चाङ्ग


वि.सं. २०७५ साल असोज १६ गते। मंगलबार। इश्वी सन् २०१८ अक्टोबर २ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– अष्टमी, २४:२४ बजेउप्रान्त नवमी। नक्षत्र– आर्द्रा, २३:०३ बजेउप्रान्त पुनर्वशु। योग– वरियान्, १५:३४ बजेउप्रान्त परिघ। करण– वालव, १३:३० बजेदेखि कौलव, २४:२४ बजेउप्रान्त तैतिल। आनन्दादिमा चर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ५:५७ बजे, सूर्यास्त– १७:४७ बजे र दिनमान २९ घडी ३६ पला। अष्टमी व्रत। भौमाष्टमी व्रत। अष्टमी श्राद्ध। गोरखकाली पूजा। महालक्ष्मी व्रत समाप्ति। जितिया पर्व, जीवत्पुत्रिका व्रत।

मेष– आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। धन जनको पनि बृद्घि हुने देखिन्छ ।
वृष– सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । 
मिथुन– बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। 
कर्कट– प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। 
सिंह– प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । 
कन्या– प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । 
तुला– आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ, द्रब्य प्राप्तिको पनि योग रहेको छ ।
वृश्चिक– कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। 
धनु– अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ ।
मकर– शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ ।
कुम्भ– आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसी जनले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्।
मीन– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ ।

16 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 09:59 देखि 10:59 सम्म छ, यो समय गुरु होराको हो र केहि लाभ बेला, केहि अमृत बेला र केहि अभिजित मुहूर्तको पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा, बेला, मुहुर्तहरु सबै शुभ कामका लागि राम्रो मानिन्छन ।
16 गते राहु काल दिउँसो 02:48 देखि 04:17 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।
16गते काजु गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने दिशा शूल, वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ ।
16 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।
16 गते का लागि सहित जुरेका कामहरु प्रतियोगिताको काम, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम,
हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
YouTubमा Tulasi Guru 9841405073
सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान
रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान

ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि
सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल
हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल

रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स
रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे
उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा, साप्ताहिक राशिफल


कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"