Breaking

Saturday, October 27, 2018

राशिफल मिति वि.सं. २०७५ साल कार्तिक 12 गते / गते सोमवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

मेष– आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान ।
वृष– गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ, धन कमाउने योग छ ।
मिथुन– सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ ।
कर्कट– भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ ।
सिंह– मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ ।
कन्या– आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् ।
तुला– केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला ।
वृश्चिक– केही विवाद तथा समेत परिने योग छ सावधान रहनु होला ।
धनु– परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ ।
मकर– प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ ।
कुम्भ– मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान–सम्मान पनि पाइनेछ ।
मीन– धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला ।

12 गतेको बिशेष काम गर्ने राम्रो समय दिउसो 1:15 देखि 02:15 सम्म छ यो समय चन्द्र होराको हो । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, अमृत बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /

12 गते राहु काल बिहान 07:38 देखि 9:00 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

12 गते खिर, दुध, हलुवा यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

12 गते कुनै बिशेष यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

12 गतेका लागि सहित जुरेका कामहरु कुनै पनि मंगल कार्य, पशु–बनस्पति किनबेच, धार्मिक कार्य, मोती चादी–सेतो बस्तुको काम, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषादी र हतियार प्रयोगको कामका लागि रामो छ /

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
YouTubमा Tulasi Guru 9841405073
सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान
रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान
ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि
सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल
हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल
रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स
रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे
उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा, साप्ताहिक राशिफल
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र, काठमाडाैं
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"