Breaking

Saturday, September 29, 2018

राशिफल मिति 2075-06-14 गते आइतवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

राशिफल मिति 2075-06-14 गते आइतवार

पञ्चाङ्ग

वि.सं. २०७५ साल असोज १४ गते। आइतबार। इश्वी सन् २०१८ सेप्टेम्बर ३० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, ६:०७ बजेदेखि षष्ठी, २८:३० बजेउप्रान्त सप्तमी। नक्षत्र– रोहिणी, २५:३८ बजेउप्रान्त मृगशिरा। योग– सिद्धि, २१:०० बजेउप्रान्त व्यतीपात। करण– तैतिल, ६:०७ बजेदेखि गर, १७:२१ बजेपछि वणिज, २८:३० बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि– वृष। काठमाडौंमा
सूर्योदय– ५:५६ बजे,
सूर्यास्त– १७:५० बजे र दिनमान २९ घडी ४ पला। षष्ठी श्राद्ध। द्विपुष्कर योग २८:३० बजे प्रारम्भ।

मेष– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ।
वृष– व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्।
मिथुन– कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।
कर्कट– विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
सिंह– आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेभन्दा कम फाइदा मिल्नेछ ।
कन्या– अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ।
तुला– प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
वृश्चिक– बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ।
धनु– प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
मकर– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।
कुम्भ– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले कीर्ति दिलाउनेछ।
मीन– भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।

14 गते बिशेष काम गर्ने राम्रो समय बिहान 08:58 देखि 09:58 सम्म छ, यो समय चन्द्र होराको हो / अनि केहि समय लाभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी चन्द्र होरा, लाभ बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन /
14 गते राहु काल बेलुका 4:18 देखि 05:47 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ /

14 गते रसीलो बस्तु, धिउ यी वा बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, गर्भवती महिलाको सन्तान तन्दुरुस्त जन्मन्छ, यात्रामा गए यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन सोचेको राम्रो काम अवस्य बन्नेछ /

14 गते कुनै बिशेष यात्रामा निस्कदा केहि पूर्व वा उत्तर दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

14 गते साहित जुरेका कामहरु पशू–कपडा किनबेच, औषधी निर्वाण, मानिक सुन–तामा–रातो बस्तुको काम, सरकारी काम, मोह भङ्ग, ‐मोहिनी फुकाउने काम, मोहिनी, मारण ‐किरा, उपिया आदि मार्ने काम, विष प्रयोगका काम आगोको काम, बिगार्ने भत्काउने काम, हतियार प्रयोगको काम आज गरे राम्रो ।

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
YouTubमा Tulasi Guru 9841405073
सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान
रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान
ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि
सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल
हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल
रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स
रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
काठमाडाैं
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"