Breaking

Thursday, October 12, 2017

राशिफल मिति 2074-06-26 गते बिहिवार

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
हाम्रा सेवा सुविधाका बारेमा बुझ्न 9841405073 मा सम्पर्क गर्नु हाेला ।
  ज्याेतिष विज्ञान अनुसन्धान केन्द्र,
  बालुवाटार, काठमाडाैं
मेष– श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ।
वृष– अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला।
मिथुन– पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
कर्कट– विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत पाइएला।
सिंह– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कन्या– उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।
तुला– रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
वृश्चिक– समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मेहनतअनुसार फाइदा कमै होला ।
धनु– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।
मकर– आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।
कुम्भ– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।
मीन– व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ ।

26 गतेको बिशेष काम गर्ने राम्रो समय बिहान 11:04 देखि 12:04 सम्म छ, यो समय चन्द्र होराको हो, चन्द्र होरा प्राय सबै शुभ कामका लागि राम्रो मानिन्छ र सुरुको केहि समय अभिजित मुहूर्तको पनि पर्छ ।

26 गते राहु काल दिउँसो 01:15 देखि 02:41 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।

26 गते यात्रामा निस्कदा दहि खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरुको दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।

26 गते यात्रामा निस्कदा केहि दक्षिण दिशाबाट यात्रा सुरु गर्दा राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।

26 गते बिद्या, नया लुगा लाउन, धार्मिक कार्य, गृह आरम्भ, यात्रारम्भ, औषधी निर्वाण, गहना लाउने, धारिलो हतियारकको प्रयोग हुने काम र पशु शिक्षा लिने काम आज राम्रो हुन्छ । ।

सप्तमी - अष्टमी व्रत/ गोरखकाली पूजा
पञ्चाङ्ग

वि.सं. २०७४ साल असोज २६ गते। बिहीबार। इश्वी सन् २०१७ अक्टोबर १२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– सप्तमी, १०:११ बजेउप्रान्त अष्टमी। नक्षत्र– आर्द्रा, १२:५७ बजेउप्रान्त पुनर्वशु। योग– परिघ, ११:१० बजेउप्रान्त शिव। करण– वव, १०:११ बजेदेखि वालव, २१:०० बजेउप्रान्त कौलव। आनन्दादिमा काण योग। चन्द्रराशि– मिथुन, २९:४५ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:०३ बजे, सूर्यास्त– १७:३६ बजे र दिनमान २८ घडी ५४ पला। अष्टमी व्रत। गोरखकाली पूजा। सर्वार्थसिद्धि योग १२:५७ बजे प्रारम्भ।

हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-

सगरमाथा टेलिभिजन, हरेक दिन बिहान 5 बजे, कार्यक्रम ज्योतिष विज्ञान

रेडियो अन्नपुर्ण नेपाल 94Mhz हरेक दिन बिहान 5 बजे, कार्यक्रम गुरु दृष्टि
हरेक दिन बिहान 10:30 बजे कार्यक्रम ज्योतिष विज्ञान

ABC टेलिभिजन, हरेक दिन बिहान 5:30 बजे, राशिफल, कार्यक्रम गुरु दृष्टि

सौर्य दैनिक, पत्रिका, दैनिक राशिफल

हाम्रो सगरमाथा ON Line पत्रिका
https://hamrosagarmatha.com/archi…/category/साप्ताहिक-राशिफल

रेडियो मेलम्ची, सिन्धुपाल्चोक | 107.2 MHz वास्तु टिप्स

रेडियो अछाम, मंगलसेन अछाम, 94.8 MHz दैनिक राशिफल बिहान 7 बजे

उज्वल भबिष्य साप्ताहिक पत्रिका, दमक झापा, साप्ताहिक राशिफल

जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://1.bp.blogspot.com/-K0-DnCArH-k/W6-BXACEYBI/AAAAAAAAB58/0-k94qjFYYosKmqvMKnuZCO6D6IP7kZXgCLcBGAs/s1600/jotish.png"