
मेष– पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।
वृष– साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन सावधान रहनु होला । ।
मिथुन– गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ ।
कर्कट– परिश्रमको राम्रो मूल्यांकन हुुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।
सिंह– मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन ।
कन्या– आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ ।
तुला– व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ ।
वृश्चिक– आर्थिक अभावले सताउन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् होसियार रहनु होला ।
धनु– पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ ।
मकर– व्यापार–व्यवसायमा विस्तार हुनेछ । कृषिकर्म र चौपायाबाट पनि प्रशस्त लाभ हुनेछ ।
कुम्भ– बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
मीन– रोजगारीमा बाधा साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ ।
20 गते को बिशेष काम गर्ने राम्रो समय बिहान 09:46 देखि 10:46 सम्म छ, यो समय गुरु होरा, लाभ बेला, अमृत बेला र अभिजित मुहूर्तको पनि पर्छ ।
20 गते राहु काल दिउँसो 03:08 देखि 04:42 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला ।
20 गते यात्रामा निस्कदा काजी, गुंड यी वस्तु वा यीबाट बनेका खाने कुरा खाएर यात्रामा गए यात्रामा देखिने अपशकुनहरुको जस्तै बिरालोले बाटो काट्नु, चराले विस्ट्याउनु आदी दोष कम हुन्छ र काम बिग्रने सम्भावना पनि कम हुन्छ ।
20 गते यात्रामा निस्कदा केहि पश्चिम वा दक्षिण दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । यसो गरे यात्रामा हुने वार शुल, तिथि शुल, नक्षत्र शुल आदि कुराको दोष कम हुन्छ ।
20 गते प्रतियोगिता, भेद काम, अलग गर्ने काम, हतियार, मुगा, सुन–रातो बस्तुको काम, रक्तश्राप काम रगत बगाउने काम, जग्गा जमिनको काम, बनस्पतिको काम, व्यवशाय र पढाई सुरु गर्न, गरगहना बनाउन, कला संग सम्बनधीत कुरा सिक्न हात्ती घोडा चढ्न आज राम्रो छ ।
पञ्चाङ्ग
वि.सं. २०७४ साल भदौ २० गते। मंगलबार। इश्वी सन् २०१७ सेप्टेम्बर ५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– चतुर्दशी, ११:५६ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– धनिष्ठा, १२:५२ बजेउप्रान्त शतभिषा। योग– सुकर्मा, २७:३५ बजेउप्रान्त धृति। करण– वणिज, ११:५६ बजेदेखि भद्रा, २४:०५ बजेउप्रान्त वव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४५ बजे, सूर्यास्त– १८:१८ बजे र दिनमान ३१ घडी २४ पला। पञ्चक। अनन्त चतुर्दशी व्रत। पूर्णिमा व्रत। कुमारीजात्रा (इन्द्रजात्रा), स्वाँछाय्। लुड्कु ढँडार मष्टो पूजा। सद्गुरु श्रीदेवचन्द्रजी महाराजको धामगमन दिवस।
हाल हाम्रा कुरा प्रकाशन प्रसारण हुने संस्थाहरु :-
Sagarmatha Television (Nepal)
https://www.facebook.com/pages/Sagarmatha-Television-Nepal/105195876205975?ref=ts&fref=ts
http://www.sagarmatha.tv/index.html
ABC Television
http://www.livetvant.com/abc-tv-nepal/
http://www.digitalpatra.net/
Sourya Dainik, Patrika
http://www.souryadaily.com
https://www.facebook.com/pages/Souryadailycom/192777314156276
http://www.nepalese.org/
www.radioannapurna.com.np/
http://www.radioannapurnanepal.com/live/
www.radioachham.com.np/
कहिले काही हाम्रा कुराहरू Share गदै गर्नु होला ।
No comments:
Post a Comment