Breaking

Monday, July 24, 2017

एक सय दश वर्षको इतिहासमा चौथोपटक नागपञ्चमी र रक्षाबन्धन पर्व एकै दिन

के तपाईं कुनै जबको खोजिमा हुनुहुन्छ ? हो भने यहाँ क्लिक गर्नुहोस् !

एक सय दश वर्षको इतिहासमा चौथोपटक नागपञ्चमी र रक्षाबन्धन पर्व एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमा परे पनि खण्डग्रास चन्द्रग्रहणका कारण साउन १३ गते नै नागपञ्चमी मनाउन सुझाव दिएको छ ।


पञ्चाङ्ग समितिले सत्कर्मरत्नावली, निर्णयसिन्धु र कृत्यबाटिका जस्ता ग्रन्थहरुका आधारमा यो निर्णय लिइएको बताएको छ ।

पञ्चाङ्ग समितिको विज्ञप्तिमा भनिएको छ( ‘श्रावण शुक्ल पूर्णिमाका दिन अर्धरात्रीपूर्व खण्डग्रास चन्द्रग्रहण भएकाले सो दिन गरिने उपाकर्म, ऋषितर्पणी र रक्षावन्धन श्रावण १३ गते शुक्रबार नागपञ्चमीका दिन गर्नु शास्त्र तथा परम्परा अनुसार समुचित छ ।’

पञ्चाङ्ग समितिका अध्यक्ष प्राध्यापक डा। रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी कुनै भ्रममा नपर्न र साउन १३ गते नै रक्षाबन्धन गर्न आग्रह गरेको छ ।

नागपञ्चमी र रक्षाबन्धन एकै दिन गरिएको २७ वर्षपछि यो पटक हो । यसअघि विक्रम सम्बत १९६३, १९८२, २०२८ र २०४७ सालमा यस्तै परेको थियो ।
जब भ्याकेन्सीको लागि हाम्रा फेसबुक पेज तथा ब्लगमा जोडीनुहोस् !

फेसबुक पेज

ब्लग

No comments:

Post a Comment

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgyDu-ZwCrQncM1mnX7aEqy4ipDZfhL2oTpqKXGJwliP3QDJadcHg4c84lVTqsS-wPhFjR3PHBx9rXaQSd6EpsnbhVTK4UYSGYTZvRepep8iTiIjRMc7L45l97Rr3-gT-gOaDX23MyQCvvw/s1600/jotish.png"